संखुवासभा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी ब्यूरो संयोजकसहित चार कार्यकतालाई बुधबार जिल्ला अदालत चैनपुरमा हाजिर गराइएको छ । सुनसरी जिल्ला अदालतमा धरौटी बुझाएर जेलमुक्त भएका बिप्लवका चार कार्यकर्ता पुन पक्राउ गरेर संखुवासभा ल्याइएको छ ।
प्रहरीले विप्लवका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ(पुष्कर), मोरङ जिल्ला इन्र्चाज कृष्णकुमार श्रेष्ठ, ब्यूरो सदस्य माधब गौतम र रमेश खड्कालाई मंगलबार संखुवासभा ल्याइएको प्रहरीले जनाएको छ । विप्लवका चारै जना कार्यकताले धरौटी बुझाएर जेल मुक्त्त भएपनि प्रहरीले पुन पक्राउ गरेर संखुवासभा ल्याएको हो । सुनसरीको झुम्का कारावारबाबाट मुक्त्त भए लगत्तै प्रहरीले पक्राउ गरेर संखुवासभा ल्याएको स्रोतको भनाइ छ ।
उनीहरुलाई गत बैसाखमा अबैध हातहतियार र राजद्रोह र संगठित अपराधको मुद्दामा जनही ५० हजार धरौटी तोकेको थियो । प्रहरीले ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ र काभ्रे घर भएका व्युरो सदस्य माधब गौतमलाई १० चैत २०७५ मा मोरङको कानेपोखरी बाट पक्राउ गरेको थियो । यसैगरी भोजपुर घर भएका मोरङ जिल्ला इञ्र्चाज कृष्णकुमार श्रेष्ठलाई १२ चैतमा सुन्दरहरैचाबाट र रमेश खड्कालाई सुनसरीको इटहरी बाट पक्राउ परेको थिए। प्रहरीले फागुन १५ गते हतियारसहित पाँचथरका देबकुमार साँवा लिम्बूलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरु माथि अरुण तेस्रो जलविद्युत् आयोजनामा बम विष्फोट र आगजन गरेको मुद्धा दर्ता गर्न बुझिएको छ ।
संखुवासभा बाट एक कार्यकता पक्राउ
प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक कार्यकता पक्राउ गरेको छ । संखुवासभा प्रहरीले पाँचखपन नगरपालिकाका छिरिङ भोटेलाई पक्राउ गरेको बताएको छ । विप्लव कार्यकता छिरिङलाई प्रहरीले भदौ ८ गते पक्राउ गरेको जनाएको छ । विप्लव कार्यकता छिरिङलाई ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनामा बम विष्फोट र अबैध हातहतियार ओसारपसारको मुद्धा लागेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’