माडौं– नेपालका वाणिज्य बैंकका एटीएमबाट रकम निकाल्नमा संलग्न चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।
नेपाली एटिएमबाट पैसा लुट्ने चिनियाँ गिराेहका योजनाकार स्पेनमा रहेको खुलेको छ । उसले त्यहाँ बसेर नेपालमा समूह परिचालन गरेको बाहिर आएको हो। पक्राउ परेका अभियुक्तले आफ्ना नाइके स्पेनमा रहेको प्रहरी सामु बयान दिएका हुन्।
प्रहरीले पैसा लुट्ने चिनियाँ गिराेहका थप एकजनालाई त्रिभुवन विमानस्थलबाट आइतबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवक रहेका छन्। फरार अन्य दुईको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए। उनीहरुलाई आइतबार प्रहरीले सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा लीङ ज्यामिङ, लुओ ज्यालिप, झु लियाङग्याङ्, क्यू योङसिङ् र सेन बिनबिन रहेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए । उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको थियो।
प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण