पोखरा। समाज सेवामा क्रियाशील लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता शुरू भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मंगलबारदेखि शुरु प्रतियोगिता सुरु भएको छ । २१ गते सम्म सञ्चालन हुने प्रतियोगिता मंगलबार देखि कर्पाकेली समाजको प्राङ्गणमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटि युनाईटेडलाई सोझो सेटमा पराजित गर्याे । त्यस्तै दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गर्याे । भने तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो ।
प्रतियोगितका खेलकुल संयोजक अनिल गुरुङले क्लब स्तरिय पुरष भलिबल तर्फ १४, महिला तर्फ ९ र भेट्रान्स तर्फ ६ टिमको सहभागिता रहेको बताए । उनका महिला र भेट्रान्स तर्फ टिम दर्ता भैरहेको छ ।
गुरुङले प्रतियोगिताकोे पुरुष तर्फको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्रदान गरिने बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गर्नेछ ।त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० र १४ हजार प्रदान गरिने बताए ।
उनका अनुसार भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा पुरस्कृत गरिने समेत जानकारी दिए । प्रतियोगितामा याजम्रो डान्स गु्रप लम्जुङका कलाकारहरुद्वारा स्वागत नृत्प प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’