पोखरा । विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ ।
सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरु, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा सञ्चालन गरेका परियोजनाहरु सफल भएका छन् ।
सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो अवसरमा पोखराका प्रमुख जिसीले नेपालमा लगानीमैत्री बातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै हरितगृह ग्यासको उत्पादन कम गर्न नेपाल कटिबद्ध रहेको बताए । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने उनको भनाइ थियो ।
टान पश्चिमाञ्चलको स्थापना दिवस
ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आफ्नो २७ औँ स्थापना दिवस मानव सेवा आश्रममा वृद्धवृद्धा, असहाय र असक्तसँग मनाएको छ ।
पदयात्रा व्यवसायीको छाता सङ्गठन टानले व्यावसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानव सेवा आश्रममा मनाएको हो । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले बताए ।
मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उनको भनाइ थियो । मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताए ।
सम्बन्धित खबर
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते