पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले संस्थाको उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भिमलाल पौडेललाई चयन ग¥यो भने सदस्यहरुमा गोपाल खनाल, संगीता रेग्मी सुवेदी र रनिता थापा चुनिए । लेखा समिति संयोजकमा सूर्यबहादुर अधिकारी तथा सदस्यद्वय जनक पौडेल र प्रतिक लामिछाने चयन भए । अधिवेशनले लेखा समिति संयोजक विजय लम्सालले प्रस्तुत गरेको प्रतिवेदन, प्रबन्धक किरण अधिकारी र सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष रमण पौडेलले पेश गरेको प्रतिवेदन पारित गरिएको संस्थाका सचिव पौडेलले जानकारी दिए ।

यसअघि, साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेले बैंकले छोटो समयमा गरेको प्रगतिप्रति सन्तुष्टि जनाउँदै सहकारीको मूल मर्म र सिद्धान्त पछ्याउँदै अघि बढ्न सुझाव दिए । ‘बैंकहरु मर्जमा गए जस्तै सहकारी पनि मर्जमा जानु आवश्यक छ । कार्यक्षेत्र विस्तारसँगै पूँजी वृद्धि, आफू अनुकुलका सहकारीसँग मर्ज गर्दै अघि बढ्न म सुझाव दिन चाहन्छु ।’ उनले भने – ‘अब सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन । यो नियम पनि कार्यान्वयनका लागि म सबै सहकारीहरुलाई आग्रह गर्दछु ।’

संस्थाका अध्यक्ष रमण पौडेलले अब सहकारी नयाँ जोश र जाँगरका साथ हरेक शेयरसदस्यसँग निकट रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सल्लाहकार संयोजक बालकृष्ण घिमिरे, दीपक बहादुर अधिकारी क्षेत्री, लेखनाथ अर्याल, अर्जुन गिरी लगायतले बोलेका थिए । पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक किरण अधिकारीले स्वागत तथा गोपाल खनालले सञ्चालन गरेका थिए ।

सो अवसरमा युवा पत्रकार रञ्जन अधिकारीलाई २५ हजार राशीको ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मान समेत गरिएको थियो । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारी ११ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
http://gandaknews.com/ranjan-adhikari-honored/
सहकारीले उत्कृष्ट बचतकर्ता पार्वती पराजुली, उत्कृष्ट ऋणी कर्णबहादुर रानाभाट, सक्रिय शेयर सदस्य सूर्य बहादुर क्षेत्री थापा, नियमित मासिक शेयर बचत राजेश गुरुङ, ज्येष्ठ शेयर सदस्य सोमनाथ शर्मा, उत्कृष्ट कर्मचारी सुजना श्रेष्ठका साथै कक्षा १२ र एसईईमा उत्कृष्ट हुने शेयर सदस्य शिशिर रञ्जितका छोरा प्रमोज रञ्जित र कृतिका रञ्जितलाई पनि सम्मान ग¥यो ।

सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु