सहमतिको कार्यान्वयन नहुँदा एनआरएनए युएईमा समस्या

सहमतिको कार्यान्वयन नहुँदा एनआरएनए युएईमा समस्या

PicsArt_09-09-07.42.58

तनहुँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको २०१९-२१ कार्यकालका निमित्त नयाँ कार्यसमिति चुन्ने आवश्यक सबै कार्यक्रम सम्पन्न भएता पनि सहमति कार्यान्वयन नहुँदा कार्यसमिति अपूर्ण र हस्तान्तरण कार्यक्रम समेत हुन् नसकी समस्यामा फसेको छ ।

सहमतिका आधारममा सबै पक्षलाइ समेटेर लैजाने भन्दै भातृ संगठन प्रमुखहरुको संयन्त्र, निर्वाचन समिति र पुरानु कार्यसमितिका अध्यक्ष तथा पदाधिकारी बीच भएको सम्झौता नयाँ कार्यसमितिको अध्यक्ष प्रकाश कोइराला र महासचिब निश्चल दाहाल र उपाध्यक्ष पासांग शेर्पाले किचलो निकाले पछि निर्वाचन समिति समेत अप्ठ्यारोमा परेको हो ।

आइसीसीमा पठाउनु पर्ने रकम समेत पठाउन सकेको छैन । सहमति अनुरुप सबै कार्य तत्कालै लागु गर्न आफु तयार रहेको तर दोश्रो पक्षले सहमति लागु नगरि आँफुलाई ढोका दिएको अध्यक्ष श्रेष्ठले बताएका छन ।

सबै कुरा अन्तिम सहमतिमा पुगेको तर अन्त्यमा प्रवासी नेपाली मंचले प्रकाश कोइराला र उनको टिम लाइ दबाब दिदै सहमति लागु नगर्न धम्कि दिंदा सबै कुरा फेरी भाडिएको जानकारहरु बताउछन ।

सोहि सहमति लागु नगरेको भन्दै अहिले जनसम्पर्क समितिक सभापति तथा जनप्रगतिशिल मंचमा अध्यक्ष बाबुराम बिश्वकर्मा समेत प्रवासीमंचका पदाधिकारीहरु संग रुस्ट भएको र सहमति नभाँड्न चेतावनी दिएको बुजिएको छ ।

यदि यहि अवस्था रहेको खण्डमा यूएईबाट आइसीसीमा उम्मेदवारि दिने आइसीसी सदस्य र पर्सादहरु जान नपाउने अवस्था आउन सक्ने कुराले अहिले धेरैको ध्यान खिचेको छ ।

अध्यक्ष रमेश श्रेष्ठका अनुसार सहमति लागु गर्ने कुरामा पछि हटेर समस्या समाधान नहुने बरु झन् समस्या बल्झिने बताउदै सबै पक्ष्यलाइ सहमतिमा आउन आग्रह समेत गरेका छन् ।

सहमति मै सबै कुरा टुंग्याउने कुरा भय पश्चात उम्मेद्वारी दिएको पनि फिर्ता गरेको तर अन्त्यमा गरेको आँफु माथि घात गरेकोले समस्या आएको श्रेष्ठ बताउछन । श्रेष्ठले पनि अध्यक्षका निमित्त उम्मेद्वारी दिएको तर सहमतिमा जाने भनेर लिखित सहमति भयअनुरुप उम्मेद्वारी फिर्ता गरेका थिय भने राजनीतिक संयन्त्रका तर्फा बाट प्रवासी मंचका श्याम कंडेल, श्याम पाठक, जनसम्पर्क समितिका तर्फा बाट भुवानी तिमिल्सिना र खेमराज बस्नेत तथा जनप्रगतिशिल मंचका तर्फा बाट बाबुराम बोश्वकर्मा, मध्य पुर्व उपसंयोजक गोपाल कंडेल, आइसीसी सदस्य ठाकुर ढुंगाना, आइसीसी सदस्य मनोज कुमार श्रेष्ठ निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याल तथा सदस्यहरु, अध्यक्ष रमेश श्रेष्ठ, १९-२१ कार्यकालक अध्यक्ष प्रकाश कोइराला लगायतले लिखित सहमति गरेको माइनुत समेत हुँदा पनि सहमति उल्लङ्घन गरेर समस्या निम्त्याको र यो सहमति भाड्नका निमित्त प्रवाशी मंचका श्याम कंडेल र जनसम्पर्क समितिका चित्र केसीले भूमिका खेलेको भन्दै सबैले आलोचना गरेका छन् । यहाँसम्म कि चित्र केसी लाइ जनसम्पर्क समिति लाइ बन्धक बनाएको र प्रवासी मंच लाइ बेचेको भन्दै सामाजिक संजालमा समेत आलोचना गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ