नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा बिहिबार पुरुष एकल र मिश्रीत जोडी दुवै तर्फ जित निकाल्न सफल भएका छन् ।

अघिल्लो संस्करण्का विजेता प्रिन्सले यु १९ को एकल खेलको दोश्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् । दोश्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोश्रो चरण प्रवेश गरेका थिए । प्रिन्सले बिना बरियताका मोहनलाई २१ । ८, २१ । १५ ले पराजित गरेका हुन् । अव उनले तेश्रो चरणमा दुवईका कृष्ण कुमार कौशिक संग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दाहाल मिश्रित जोडीमा पनि बिजयी हुदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । दाहालले दुवईमानै बसोबास गर्दै आईरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसंग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१ । १४, २१ । १७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।
रत्नजित र दिपेश अन्तिम चारमा
सेनाका रत्नजित तामाङ्ग र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । तामाङ्गले पुलिसका सुनिल जोशीलाई २१ । १०, २१ । १३ ले पराजित गरे । अव उनले फाईनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३ । २१, २१ । ११, २१ । १५ ले पाखा लगाए । यस्तै एपिएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१ । १६, २१ । १६ को जित निकाले । सेमिफाईनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ संग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१ । ७, १८ । २१, २१ । ११ को जित निकाले ।

पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६ । २१, २१ । ७, २१ । ११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्री संग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपिएफका ईन्द्र बहादुर महतालाई २६ । २४, २१ । १९ ले पराजित गरे । यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१ । १६, २१ । १५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१ । १५, २१ । १४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु