पोखरा । एचपी ब्राण्डले बडादशैंको अवसरमा सामान खरिदमा स्क्रयाच कुपन योजना ल्याएको जनाएको छ । यो योजना बडादशैं र तिहार लक्षित गरेर यहि भदौ २९ गतेबाट कात्तिक २४ गतेसम्म लागु हुनेछ । कुपन स्क्रयाच गर्दा स्कुटर, ल्यापटप, मोवाइल, चाँदीको सिक्का लगायतका उपहार जित्न सकिने उनले बताए ।
पोखरामा ‘एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९’ सम्पन्न भएको छ । कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत उत्पादन गर्दै आएको एचपी ब्राण्डको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ आयोजना गरेको हो ।
एचपी पोखरा प्रेस, कर्पोरेट र रिसेलर मिट २०१९ मा सहभागी एचपीका एसिया र कोरिया क्षेत्रका प्रबन्ध निर्देशक साहिद खान, एचपीका कन्ट्री म्यानेजर इभान वङलगायतलाई बुकी र माला लगाएर स्वागत गरिएको थियो । सो अवसरमा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले खान र इभानलाई ताम्रपत्रले सम्मान पनि गरेको थियो ।
कार्यक्रममा कन्ट्री म्यानेजर इभान वङले एचपीबाट उत्पादित सामग्रीको गुणस्तर र त्यसबाट लिन सकिने फाइदाबारे बताएका थिए । उनले ह्याकरलेसमेत ह्याक गर्न नमिल्नेगरी प्रोटेक्ट गर्न सकिने सामग्रीहरु एचपीले उत्पादन गर्दै आएको दाबी गरे । उनले गुणस्तरमा अब्बल भएपनि गुणस्तर अनुसार कम मूल्यमा एचपीका सामानहरु पाइने उल्लेख गरे ।
कार्यक्रममा पोखराका लागि आधिकृत विक्रेता कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले बिश्वबिख्यात सामानहरुको आधिकारीक विक्रेताको रुपमा काम गर्न पाउँदा निकै खुशी लागेको धारणा राखे । उनले भने–“हामीले यस्तो व्राण्डको सामान बिक्रि गर्न पाउदा उपभोक्ता र विक्रेता दुवैको विश्वास अझ वढ्ने अपेक्षा लिएको छु ।” गुणस्तरिय सामानवाट गुणस्तरिय सेवा दिन सक्नेमा पनि उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा केक काट्नुका साथै रमाइलो जमघट गरेर हर्षोल्लास पूर्वक रिसेलर मिट सेलेव्रेसन गरिएको थियो । एचपीका लागि पोखरा क्षेत्रका आधिकारिक बिक्रेताहरु हिमालयन कम्प्युटर, पाण्डे कम्प्युटर र कस्मिक कम्प्युटिङ सोलुसन रहेका छन् । आधिकारिक बिक्रेताहरु हिमालयन कम्प्युटरका सञ्चालक जगनबहादुर गुरुङ, पाण्डे कम्प्युटरका सञ्चालक गुणानिधी पाण्डे र कस्मिक कम्प्युटिङ सोलुसनका सञ्चालक पुरुषोत्तम कुँवरले कार्यक्रमको सहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु