दैलेख- दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार साढे ५ बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।
घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको जानकारी आएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताए ।
घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।.दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ ।
के चट्याङ हो ?
चट्याङ एक किसिमको बिजुलीको धार हो। यो वायुमण्डलमा देखापर्छ। वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ। यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ। कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुन्छ।
बिजुली चम्किने बेला वायुमण्डलको तापक्रम एक्कासि बढ्छ। ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्योभन्दा बढी पुग्न सक्छ, शाक्यले भने, ताप बढेपछि आयातन बढ्छ, जसले विस्फोटनको आवाज निस्किन्छ। यही आवाजलाई मेघ गर्जन भनिन्छ।
उनका अनुसार क्युमलोनिम्बस नामको बादल निर्माण हुनेबेला चट्याङ देखा पर्छ। यो बादलको स्वरुप कालो र बाक्लो हुन्छ। बादलभित्र हावा तलमाथि भइरहन्छ। त्यही बादलभित्र रहेका पानीका थोपा, बरफ, असिना र हिउ”बीच आपसमा घस्रण हुन थाल्छ। यसले बादलभित्र धनात्मक र ऋणात्मक चार्ज विकास हुन्छ। बादलभित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण हो।
सुरुसुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ। यस्तो चट्याङबाट मानवीय क्षति हुँदैन। तर जब आकाशमा छिटोछिटो बिजुली चम्कने र क्षणक्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ, चट्याङको डर बढ्दै जान्छ, शाक्यले भने, यस्तो बेला हुरीबतास चल्यो र पानी पर्यो भने क्षति हुने खतरा बढी हुन्छ। बादलबाट निस्कने हुरीबतास र वर्षा स”गस”गै करेन्टको धार पनि आकाशबाट पृथ्वीतिर प्रवाहित हुन्छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष