तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा रहेको ओझेलमा परेको पर्यटकीय स्थलको प्रचारको लागि दोस्रो कालाभैरव ट्रायल रेस हुनेभएको छ ।
दोस्रो महिला तथा पुरुष १२ किलोमिटर कालाभैरव ट्रायल रेस प्रतियोगिताको आयोजनामा उक्त रेस हुन लागेको अध्यक्ष गंगा थापाले बताए ।
आगामी कार्तिक २ गते म्याग्दे वडा नम्बर ३ देखि वडा नम्बर ५ सम्म उक्त १२ किलोमिटरको रेस हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जनाएको हो ।
प्रतियोगितामा प्रथम हुने महिला र पुरुष प्रतियोगिले क्रमश २० हजार, दोस्रो हुने महिला र पुरुष प्रतियोगिले क्रमश १५ हजार, तेस्रो हुने महिला र पुरुष प्रतियोगीले क्रमश १० हजार र सान्त्वना हुने महिला र पुरुष प्रतियोगिले क्रमश ३ हजार संगै मेडल र प्रमाणपत्र पाउनेछन ।
गत वर्ष ८ किलोमिटरको दौड प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । संस्कृतीको जगेर्ना संगै दृश्यावलोकनको थलोको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजनाले पत्रकार सम्मेलनमा बताए ।
साथै अहिलेसम्म पुरा नभएको मन्दीर लाई समेत पुर्णता दिने आयोजकको लक्ष्य रहेको छ ।
खुला भएको कारण जुनसुकै उमेर समुह र देशको जुनसुकै भाग बाट प्रतियोगितामा सहभागि हुन सक्ने आयोजकले जनाएको छ ।
दौड संगै सोही दिन खुल्ला गायन र नृत्य प्रतियोगिता समेत हुनेछ । उक्त प्रतियोगिता सम्पन्न गर्नको लागि म्याग्दे गाउँपालिकाले ५० हजार आर्थिक सहयोग समेत गरेको छ ।
कार्यक्रमको कुल बजेट ४ लाख ६० हजार लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा रहेको सुन्तलाले समेत बजार मुल्य पाउन नसकेको कारण पर्यटन संगै कृषि लाई समेत प्रवर्द्धन गर्न खोजेको आयोजकको भनाई छ ।
गतवर्ष १५० जना धावकहरुले सहभागिता जनाएको प्रतियोगितामा अहिले २ सय बढी धावकले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छ्न ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले पर्यटन र कृषि लाई महत्त्वपूर्ण स्थानमा राखेको बताए । आन्तरिक पर्यटनको प्रचारप्रसार गर्न स्थानीय नै लाग्नुपर्ने समेत उनले बताए ।
प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले गाउँको बसाइँसराइको दर कम गराउन र गाउँमा पर्यटक भित्र्याउन दौड प्रतियोगिताले सहयोग गर्ने बताईन । खेलकुद र पर्यटन लाई गाउँपालिका सधै सहयोग गर्ने समेत उनले बताईन ।
रेसको रुट धयरे हुँदै किलचोक, पाडेथोक, डडुवा, कोल्डाडा, पिपलथोक, गहिरा, हटिया ध्यानथोक, तारानथोक, झिरुवास, मुलाबारी हुँदै भैरवथान सम्मको १२ किमिको हुनेछ ।
कार्यक्रमको स्वागत कालाभैरव निर्माण समितिका अध्यक्ष बसन्त आलेले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्