बिरामी लिएर पोखरा आउँदै गरेको ट्याक्सी कुस्मामा खोलाले बगायो

बिरामी लिएर पोखरा आउँदै गरेको ट्याक्सी कुस्मामा खोलाले बगायो

taxi bagayo

पर्वत । पर्वतको कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने ५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा आउँदै थियो । खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पु¥याउँदा हिलोमा फसेको थियो ।

पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ