कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष बीरेन्द्र गुरुङ रिहाई भएका छन् । पक्राउ परेका वडाअध्यक्ष गुरुङ र स्थानीय युवा बिपुल शर्मालाई कास्की प्रहरीले आज बिना सर्त रिहा गरेको हो । वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उमेद्वार भएर वडा नं. १ बाट निर्वाचित भएका हुन् ।
दुई जना रिहाई भएपछि पार्टीले गाउँमा बाजागाजाका साथ स्वागत गर्दै कार्यक्रम नै आयोजना ग¥यो । त्यसअघि, कास्की प्रहरी कार्यालयबाट निस्कनासाथ कांग्रेस कार्यकर्ता शुभेच्छुकले फुलमाला अबिर खादा लगाएर स्वागत सम्मान पनि गरेको थियो ।
गत महिना भदौ २५ गते बुधबार उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई भदौ ३१ गते पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको थियो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।
गाउँपालिका उपप्रमुख कृष्णकुमारीको अनुसार बैठक बसिरहेको खुसीमान गुरुङको नेतृत्वमा उपप्रमुखलाई भेट्न उनीहरु गएका थिए । बैठक बसिरहेकाले भेट्न आधा घण्टा लाग्ने सुचना दिएपछि उनीहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको कुर्ची सबै ध्वस्त हुनेगरि तोडफोड गरेको उनले बताएकी थिइन् ।
कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताएका थिए ।गाउँपालिकाले गर्ने निर्णय थाहा नहुने र निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’