कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष बीरेन्द्र गुरुङ रिहाई भएका छन् । पक्राउ परेका वडाअध्यक्ष गुरुङ र स्थानीय युवा बिपुल शर्मालाई कास्की प्रहरीले आज बिना सर्त रिहा गरेको हो । वडा अध्यक्ष गुरुङ कांग्रेसबाट उमेद्वार भएर वडा नं. १ बाट निर्वाचित भएका हुन् ।
दुई जना रिहाई भएपछि पार्टीले गाउँमा बाजागाजाका साथ स्वागत गर्दै कार्यक्रम नै आयोजना ग¥यो । त्यसअघि, कास्की प्रहरी कार्यालयबाट निस्कनासाथ कांग्रेस कार्यकर्ता शुभेच्छुकले फुलमाला अबिर खादा लगाएर स्वागत सम्मान पनि गरेको थियो ।
गत महिना भदौ २५ गते बुधबार उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई भदौ ३१ गते पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको थियो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।
गाउँपालिका उपप्रमुख कृष्णकुमारीको अनुसार बैठक बसिरहेको खुसीमान गुरुङको नेतृत्वमा उपप्रमुखलाई भेट्न उनीहरु गएका थिए । बैठक बसिरहेकाले भेट्न आधा घण्टा लाग्ने सुचना दिएपछि उनीहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको कुर्ची सबै ध्वस्त हुनेगरि तोडफोड गरेको उनले बताएकी थिइन् ।
कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताएका थिए ।गाउँपालिकाले गर्ने निर्णय थाहा नहुने र निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो