काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै, मुलुकी फौजदारी कार्य्विधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिनन अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।
यता, संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा ६३४ जनालाई विभिन्न विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गरिने पनि राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको छ। जस अनुसार महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलई प्रदान गरिने भएको छ। त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन्।
त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ। सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ। जसअनुसार प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन्। जसमा १ जना सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर र ३ जना भारतीय रहेका छन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष