दमौलीमा बास्केटबल खेल्दाखेल्दै २९ वर्षीय श्रेष्ठको मुत्यु

दमौलीमा बास्केटबल खेल्दाखेल्दै २९ वर्षीय श्रेष्ठको मुत्यु

Gaurav

तनहुँ । दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृदयघात भएर एक युवकको मृत्यु भएको छ। व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठ बास्केटबल खेल्दा खेल्दै एक्कासी लडेका थिए । खेल्दा खेल्दै लडेका श्रेष्ठलाई तत्काल उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उपचारका क्रममा नै दमौली अस्पतालमा श्रेष्ठको मुत्यु भएको हो ।

श्रेष्ठ सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत थिए । उनले नियमित रूपमा बास्केटबल खेल्ने गरेका बताइन्छ । उनी बास्केटबलका राम्रा खेलाडी पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ