पोखराको न्यूरोडमा रहेको शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पत्रकार दीननाथ बराललाई शुभम पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव समेत रहेका बराललाई आर्थिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउदै आएको भन्दै सहकारीले आफ्नो सातौं बार्षिकोत्सवको अवसरमा शनिबार एक समारोहका बिच सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाल, सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेले बराललाई सम्मानपत्र, दोसल्ला, फुलमाला सहित नगद ११ हजार १ सय ११ रुपैयाले सम्मान गरेका हुन्। विगत १६ बर्ष देखि पोखरामा पत्रकारिता गर्दै आएका बराल पोखरा न्यूज डटकममा आबद्ध रहेकाछन्।
समारोहमा उत्कृष्ट कारोवार गर्ने सुर्यप्रसाद शर्मा तिमिल्सिना र श्याँमसुन्दर ढकाल सम्मानित भएकाछन् भने उत्कृष्ट कर्मचारीबाट अमर बहादुर नेपाली र सन्तोस नेपाली सम्मानित भएका हुन्। ज्येष्ठ शेयर सदस्यमा कृष्ण बहादुर थापा क्षेत्री र धनमाया भुजेल समारोहमा सम्मानित भए ।
कार्यक्रमका वोल्दै जिल्ला बचत संघ कास्कीका अध्यक्ष ढकालले सरकारले सहकारीलाई मर्जमा जान आव्हान गर्ने तर स्थानिय तहमा फेरी नयाँ दर्ता दिनु बिरोधाभाष भएको बताए । राजनीतिक पार्टीका कार्यकर्ताको सहकारीमा प्रबेशले हस्तक्षेप गर्दा डरलाग्दो स्थिती सृजना हुने भएको उनले दाबी गरे । सहकारीमा प्रबेश गर्दा राजनीतिक जुत्ता बाहिर राखेर प्रबेश गर्न उनले आग्रह समेत गरे । नेपालको हालको सहकारी ऐन तथा कानुनहरु करिब ३० प्रतिशत जसो परिवर्तन गर्नुपर्ने अध्यक्ष ढकालले बताए । सरकारले सहकारीलाई अधिकत्तम १६ प्रतिशतमा कर्जा लगानी गर्न दिएको निर्देशनले केही सहकारीलाई यसले असर पार्ने भएको बताए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक रुद्रनाथ पौडेलले यही असोज मसान्त भित्र कुनै सहकारीका संचालकहरु अर्को कुनै सहकारीको शेयर सदस्यमा नबस्न आग्रह गरे । सहकारीका अध्यक्ष बिष्णुहरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष चुडामणि बराल, शितल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरी प्रसाद लम्साल, शेयर सदस्य तिर्थसिंह ठकुरी, उपाध्यक्ष सुर्यप्रसाद पौडेल, सचिव तोयनाथ आचार्य लगायतले सहकारीलाई राज्यले अझै पनि ध्यान दिन नसकेको गुनासो गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो