काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटना प्रकरणमा अदालतबाट दोषी ठहर भई जेल सजाय भोलिरहेका रेशम चौधरी छुट्ने संकेत गरेका छन्। सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनाको सन्दर्भ जोडेका थिए।
‘मैले यो कुरा यहाँ भन्न आवश्यक ठानें, टीकापुर घटनामा जे भएको छ। अस्ति भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुटा मुद्दाहरु खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रियामा अगाडि बढिएको छ’, उनले भने, ‘मलाई विश्वास छ, केही समयपछि मुद्दा खारेज हुन्छन्। थारुहरु, जो अहिले पनि बन्दी अवस्थामा रहेका छन्, उनीहरु मुक्त हुन्छन्। र जनताको मत जितेका माननीयहरुलाई स-सम्मान ल्याउने वातावरण बन्छ भन्ने म विश्वास राख्न चाहन्छु।’
चौधरीले कैलाली १ बाट झन्डै २१ हजार मतान्तरका साथ चुनाव जितेका थिए। गत फागुनमा टीकापुर घटनामा चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै जन्म कैदको सजाय तोकेको थियो। संविधान निर्माण प्रक्रिया तीव्र रुपमा अघि बढिरहेका बेला २०७२ भदौ ७ मा भएको टीकापुर घटनामा आठ जना प्रहरी र एक बालक मारिएका थिए।
प्रचण्डले माओवादी आन्दोलनका दर्जनौं साथीहरु अहिले पनि जेलमा रहेको हुँदा आफूलाई पीडा हुने गरेको बताए। ‘म माओवादी आन्दोलनको नेता, म दुईचोटी प्रधानमन्त्री भइसकें। म अहिले नेकपाको अध्यक्ष छु, जसको नेतृत्वमा सरकार छ। मेरै आन्दोलनका दर्जनौं साथीहरु अहिले पनि जेलमा छन्। त्यो पीडा मभित्र कति धेरै होला भन्ने म सबै नेताहरुलाई आग्रह गर्न चाहन्छु’, उनले भने। उनले प्राप्त अधिकारको रक्षा गर्ने र फेरि अर्को उपलब्धि हासिल गर्न अगाडि बढ्नुको कुनै विकल्प नभएको उनले बताए।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण