पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ को तुम्के घोरकुना खोलामा पक्की पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले साविक अर्मला गाविसको घोरकना खोलामा पुल निर्माण गर्न लागेको हो । मोटेरेबल पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले विकासको चरण सुरु भएको बताए । उनले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब विकासलाई गति दिन तीन वटै सरकार लागि परेको बताए । विकास निर्माणको काम गर्दा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै सबैलाई समेटेर विकासमा फड्को मार्नु नै अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा प्रदेश सांसद विन्दकुमार थापाले सरकारको रचनात्मक काम र विकासमा सदैव सहयोग गर्ने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले काममा गुणस्तर कायम गर्न कुनै सम्झौता हुने बताए । पुल निर्माणलाई त्यहाँका स्थानीय बासिन्दाको आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्ने बताए ।
जनताले तिरको करबाट नै महानगरले पुल निर्माण गर्न लागेकाले पुल निर्माणमा निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरे । पूर्व सांसद सोमनाथ अधिकारी प्यासीले पुल निर्माणले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पोखरा महानगरपालिकाका इन्जिनियर ध्रुव भट्टराईले २०७७ साल मंसिर ८ गते निर्माण सक्ने गरी महानगरले फेवा पिएलजेभी पोखरासँग सम्झौता गरेको बताए ।
उनका अनुसार महानगरले पुल निर्माणको अनुमानित लागत ४ करोड ६५ लाख गरेकोमा निर्माण कम्पनीले उक्त रकममा २१ प्रतिशत घटेर ३ करोड ३० लाखमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । पुल २५ मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ ।
कार्यक्रममा निर्माण कम्पनीका प्रेम पहारीले पुललाई समयमै निर्माण गरीसक्ने प्रतिवद्धता व्यक्त गरे । पुल निर्माणपछि घोरकुना, अर्मलाकोट लगायतका ठाउँका स्थानीयबासी लाभाम्वित हुनेछन् ।
पोखरा महानगर वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद अचार्यले बोलेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने