पोखराको चिप्लेढुङ्गामा रहेको पोखरा ट्रेड मलले दशैँ तिहार र छठ उत्सव योजना २०७६ सार्वजनिक गरेको छ । योजना अन्तर्गत वम्पर उपहारमा यामाहाको एफ.जेट.एस १५० सि.सि मोटरसाइकल साथमा पाँच जनालाई डोको भरि उपहारको आयोजना गरेको छ । हरेक पन्ध्र दिनमा उपहारको रुपमा एक जनालाई पचास हजार साथै थप दुईजनालाई डोकोभरि उपहार योजना रहेको छ । योजना अवधिभर चार जनालाई पचास हजार साथै अन्य ग्राहकको लागी लाखौँ रुपैयाँ वरावरको नगद तथा सपिङ भौचरको व्यवस्था रहेको छ ।
उक्त उपहार योजनमा सहभागी हुनको लागी मलमा सपिङ्ग गर्ने ग्राहकले न्यूनतम ५०० को सामान खरिद गर्नुपर्दछ । ५०० मा एकओटा कुपन तथा दुई हजारको सामान किन्दा तिनओटा कुपन र पाँच हजारको सामान किन्दा ग्राहकले दश ओटा कुपन प्राप्त गर्ने छन्, सार्थै दशओटा कुपनहरु मल भित्र रहेको काउन्टरमा जम्मा गरेपछि एकओटा ज्याकपट कुपन प्राप्त हुनेछ ।
उक्त ज्याक पट कुपन काउन्टरमा रहेको बाकसमा जम्मा गर्नुपर्नेछ । पन्ध्र दिनसम्ममा जम्मा भएका ज्याकपट कुपन मध्येवाट एकजनालाई पचास हजारसम्मको नगद तथा सपिङ्ग भौचरको उपहार साथै दुईजना भाग्यशाली ग्राहक महानुभावलाई डोकोभरि उपहार प्रदान गरिने संयोजक नवराज त्रिपाठीले वताए ।

स्थापना सँगै चाडपर्व र नयाँ वर्ष लगायतका पर्वमा उपहार योजना दिदँै आईरहेको साथै एक अर्कोमा खुशि बाडने उद्देश्यले ग्राहकसँग नजिकिने योजना रहको पोखरा टे«ड मलका प्रवन्ध सञ्चालक मिनराज काफ्लेले वताए ।
मलका अध्यक्ष तथा गण्डकी प्रदेश सभासद विन्दु कुमार थापाले भने विगतमा जस्तै चाडपर्व लक्षित विशेष आकर्षक योजना ल्याएको वताउँदै साथै दशँैमा रमाइलो गर्ने र खुशि साट्ने उद्देश्य रहेको जानकारी दिए । उक्त योजना २०७६ असोज ५ गते देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ भने वम्फर विजेता छनोट २०७६ मंसिर ८ गते हुनेछ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु