तनहुँ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर डमौलीघाटमा पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८२ वर्षीय तीलुमाया बगालेको शव आश्रमकै महिलाहरुले बोकेर सोमबार साझँ अन्त्येष्टिका लागि घाटसम्म पुर्याएका हुन् ।
बगालेको दिउँसो मृत्यु भएको थियो । आश्रमका कोही आमाबुबा बितेमा महिलाहरुले घाटमा शव लागेको यो पहिलो घटना भने होईन । उनिहरुले यस अघि पनि पटक पटक यस्तो कार्य गदै आईरहेका छन् ।
मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु भन्दा पबित्रा हुन्छन् भने मुलमन्त्रलाई आत्मसाथ गदै आश्रममा बितेका आमाबुबाहरुको शवको अन्त्येष्टिका लागि घाटसम्म लैजाने गरेको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले जानकारी दिईन् ।
ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उनले जानकारी दिइन् । उनले भनिन् ,“महिलाहरुमा पनि शक्ति हुन्छ ,मात्र मनमा इच्छा हुनु पर्दछ ।”
अविवाहित वगाले उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिईन् । बगाले लमजुङको जिता चिनियाँ गाउँबाट पाँच वर्ष अगाडी उक्त आश्रममा आएकी थिईन् ।
विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको छ । आश्रमको आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ । पहिला आश्रम भाडामा बस्दा समस्या रहेको थियो । ज्येष्ठ नागरिकको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने गरेका छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन