पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले बोके शव

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले बोके शव

mahila le sab booke

तनहुँ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर डमौलीघाटमा पुर्‍याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८२ वर्षीय तीलुमाया बगालेको शव आश्रमकै महिलाहरुले बोकेर सोमबार साझँ अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन् ।

बगालेको दिउँसो मृत्यु भएको थियो । आश्रमका कोही आमाबुबा बितेमा महिलाहरुले घाटमा शव लागेको यो पहिलो घटना भने होईन । उनिहरुले यस अघि पनि पटक पटक यस्तो कार्य गदै आईरहेका छन् ।

मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हातहरु भन्दा पबित्रा हुन्छन् भने मुलमन्त्रलाई आत्मसाथ गदै आश्रममा बितेका आमाबुबाहरुको शवको अन्त्येष्टिका लागि घाटसम्म लैजाने गरेको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले जानकारी दिईन् ।

ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उनले जानकारी दिइन् । उनले भनिन् ,“महिलाहरुमा पनि शक्ति हुन्छ ,मात्र मनमा इच्छा हुनु पर्दछ ।”

अविवाहित वगाले उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिईन् । बगाले लमजुङको जिता चिनियाँ गाउँबाट पाँच वर्ष अगाडी उक्त आश्रममा आएकी थिईन् ।

विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको छ । आश्रमको आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ । पहिला आश्रम भाडामा बस्दा समस्या रहेको थियो । ज्येष्ठ नागरिकको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds