स्याङ्जामा बाबुछोराको हत्या अभियोगमा छिमेकी पक्राउ, श्रीमतीसँग फोनमा बोलेको निहुँ (भिडियोसहित)

स्याङ्जामा बाबुछोराको हत्या अभियोगमा छिमेकी पक्राउ, श्रीमतीसँग फोनमा बोलेको निहुँ (भिडियोसहित)

Malla pakrau

गत भाद्र १७ गते तीजको भोलिपल्ट स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नंं ३ स्थीत मीनडाँडामा ३० बर्षिय गोरे भनिने चित्रबहादुर खड्का र उनका ४ बर्षिय नाबालक छोरा रिजन खड्काको हत्या भयो । हत्यामा संलग्न भएको आरोपमा स्थानीय दानबहादुर मल्ल (दिपक) लाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दायर गरेको छ ।

दीपक बिदेशबाट भर्खर घर आएको दुई महिना मात्र भएको थियो । मृतक गोरेसंग दिपकको श्रीमतीले फोनमा कुराकानी गरेकै शंकामा दिपकले हत्या गरेको गाउँलेहरुले बताएका छन् । उनी मानसिक र नसाको रोगी भएको उनकी श्रीमतीको भनाई छ । तीजको बेला भएकाले आफू माईती गएको र गाउँमा यसतो घटना घट्यो भनेर फोनमा उनै दिपकले भनेका थिए ।

नाबालक छोरा र बाबुको हत्या मल्लले गरेका अनुसन्धानबाट खुल्न आएकोले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए। मृतक खड्का श्रीमती अनिता खड्काको किटानी जहेरी र अनुसन्धान गर्दा हत्यामा मल्लको संलग्नता भेटिएको भण्डरीले बताए। उनलाई पक्राउ गरी जिल्ला अदालतमा म्याद थपका लागि पेश गरी थप अनुसन्धान भैरहेको छ।

राति एउटै कोठामा सुतिरहेको अवस्थामा धारिलो हातियार प्रहार गरी बाबुछोराको हत्यासँगै लामो समय घट्नामा संलग्नको पत्ता नलगाउदा प्रहरीको अनुसन्धान माथिनै प्रश्न चिन्ह खडा भएको थियो। घट्नास्थलमा कुकुर समेत परिचालन गरेको थियो।

तर, कुनै तथ्य फेला पार्न सकेका थिएन। बाबुछोराको घाँटी र ज्यानमा दारिलो हातियार प्रहार गरी हत्या भएको पोष्टमार्टम रिपोर्ट देखाएको छ। प्रहरीले घट्नाका क्रममा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो। पक्राउ परेका मल्ललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ