मुस्ताङ बाट यस बर्ष पनि करिब गत बर्षकै हाराहारीमा भेडा च्याङग्रा बाहिरिने भएका छन। यस बर्ष पनि मुस्ताङ, मनाङ, मुगु लगायतका क्षेत्रमा भेडा च्याङग्रामा खासै रोग नरागेका कारण गत बर्षकै तुलनामा करिब २० हजार भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिने भएको व्यवसायिकहरु बताउछन।
काठमाण्डौं देखि भेडा च्याङग्राको व्यापार गर्न मुस्ताङ पुगेका राजेन्द्र खड्काले यस पालि भेडा च्याङग्रा केहि महङगो भएकोमा गत बर्ष भन्दा थोरै खरिद गरेको जनाए । उनले भने “ गत बर्ष प्रति भेडा च्याङग्रा १९÷२० हजार भन्ने गरेकोमा यस बर्ष २०÷२१ हजार भन्ने गरेकाछन । ” गत बर्ष ७ सय भेडा च्याङग्रा खरिद गरी काठमाण्डौंमा लगेर विक्रि गरेकोमा यस बर्ष भने केहि महङगो भएकोले २ सय ५० वटा मात्र भेड च्याङग्रा खरिद गरेको खड्काले बताए । केहि दिन भित्र उक्त भेडा च्याङग्रा काठमण्डौं पु¥याउने उनले जनाए ।
यही असोज १६ गते देखि मुस्ताङबाट दशैं पवलाई लक्षित हुने गरी मुस्ताङबाट भेडा च्याङग्रा बाहिरिन सुरु भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी अन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक डा. शिवलाल भुषालले बताए । उनका अनुसार हालसम्म करिब १२ हजार भेडा च्याङग्रा मुस्ताङबाट बाहिरिएका छन। मुस्ताङका विभिन्न ठाँउ हुदै मुगु, डोल्पा लगायतका भेडा च्याङग्रा मुस्ताङ हुदै बाहिरिने भएको हुदा मुस्ताङमा भेडा च्याङग्राको स्वास्थ्य परिक्षण समेत गरिने भएको उनले बताए ।
नेपाल खाद्य संस्थानले यस बर्ष करिब एक हजर भेड च्याङग्रा काठमाण्डौं लैजाने तयारी गरेको छ । हालसम्म संस्थाले ५ सय ५० भेडा च्याङग्रा खरिद गरेको पशु चिकित्सक डा. भुषालले बताए । हिमालपारी जिल्लामा जडिवुटि खाएर हुर्कीएका भेडा च्याङग्रा खादा स्वास्थ्यका दृष्टिले पनि फाईदा जनक हुने जन विश्वासका आधारमा दशैंमा भेडा च्याङग्रा खाने गरेको पाइृन्छ । यस बर्ष मुस्ताङका धेरै ठाँउमा भेडा च्याङग्रालाई रोग नलागेको काराणले गर्दा पनि गत बर्ष तुलनामा उत्पादन भएको बताईन्छ । कास्की, पर्वत, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ लगायतका जिल्लाका विभिन्न ठाउँमा दशैंमा बढी भेडा च्याङ्ग्रा खपत हुने गरेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’