पोखरा । पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा शुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइ फाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ ।
ईन्टरनेट प्रदायक संस्था वल्र्ड लिङ्कको सहयोगमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले महेन्द्र गुफा र चमेरे गुफामा उच्च क्षमताको वाइ फाई सेवा शुरु गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो ।
विन्ध्यवासिनी मा.विको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार एक कार्यक्रमका विच पोखरा महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा वडाध्यक्ष आचार्यले फ्रि वाइ फाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकको विचमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै थप आर्कषण बढाउन सके पर्यटकको संख्यामा वृद्घि हुने वताउनुभयो ।
समितिका संयोजक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष एवं गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार उदय वहादुर वस्नेत, विन्ध्यवासिनी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, गुरु योजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेत, वल्र्ड लिङ्क प्रा.लिका फ्रि वाइ फाइ प्रोजेक्ट म्यानेजर ओममणि जोशी, अप्रेशन म्यानेजर शिशिर पौडेल लगायतले विभिन्न प्रविधि मार्फत गुफा क्षेत्रको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
समितिले गुफा क्षेत्रको गतिविधीलाई व्यवस्थित र सुरक्षित बनाउन यस अघि नै सि सि क्यामेरा जडान गरिसकेको छ । फ्रि वाइ फाई सेवा शुरु भएसँगै अव गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकले तत् स्थानवाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न सक्नेछन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’