किरण श्रेष्ठ, तनहुँ । स्कुलका किशोरीलाई महिनावारी सम्बन्धि सचेतनामूलक तालिम दिइएको छ । श्री सर्वज्योती माध्यमिक विद्यालयमा अध्ययनरत ८ कक्षा देखि १० कक्षा सम्मका छात्राहरुलाई किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ र हेरचाहका विषयमा जानकारी दिइएको थियो ।
टिम नेपो तनहुँको आयोजनामा बुधबार महिनावारि सम्बन्धि सचेतना तथा सेनेटरि प्याड वितरण कार्यक्रम सम्पन्न भएको हो । नेपो तनहुँका अध्यक्ष सुजन लौडारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद कलिला खान थिइन् ।

सो अवसरमा प्रमुख अतिथि खानले महिनावारि लाज मान्ने कुरा नभई प्राकृतिक नियम भएको बताईन । ‘महिनावारि कुनै रोग होइन’ सांसद खानले भनिन ‘यो प्राकृतिक चक्र हो ।’ महिनावारि हुदा सरसफाईमा विशेष ध्यान दिनुर्ने उनले बताइन ।

समाधान अस्पतालका डा शुसिल पौडेलले महिनावारि सम्बन्धि जानकारी दिएका थिए । उक्त कार्यक्रमको सहआयोजक निलकुमारी मिया फाउन्डेसन रहेको थियो भने समाधान अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा स्कुले छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

कार्यक्रममा महिलाहरुमा आउने समस्या र तिनीहरुका समाधानका विषयमा पनि छलफल भएको समाधान अस्पतालकी सीईओ रुबिना खानले बताइन् । उनले शहर नजिकका महिला तथा किशोरीमा पनि महिनावारी सम्बन्धि समस्या र सरसफाईका विषयमा प्रशस्त जानकारी नभएको बताइन् । उनले भनिन्, ‘उनीहरुमा जुन रुपको जानकारी हुनुपर्ने थियो, त्यो पाइएन । दुर्गम क्षेत्रका हालत झन् कस्तो होला ?’
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना, विद्यालयका प्रअ कश्यपराज जमरकट्टेल लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन