पोखरा । नवलपुर र पर्वतमा गरी दुई जना पानीमा डुबेको अवस्थामा भेटिएका छन् । नवलपुरको देबचुली नगरपालिका २ पुनर्वास स्थित मुकुण्डे खोलामा देवचुली नगरपालिका १६ बस्ने वर्ष ५५ को लक्ष्मी नारायण महत्तो पानीमा घोप्टो परेको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, पर्वतको फलेबास नगरपालिका वडा नम्बर ५ खानीगाँउ स्थित लमाह खोलाबाट खेतमा लिएको पानीको नहरमा पर्वत कै फलेवास नगरपालिका वडा ५ बस्ने वर्ष ७२ को भिम बहादुर कुवँर पानीमा घोप्टो परि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास न.पा. ४ भोर्लेटारचोक स्थित पृथ्विराजमार्गमा घासीकुँवाबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६३५६ नं. को स्कुटिले पैदल यात्री तनहुँ रिसिङ गाउँपालिका १ बस्ने वर्ष ४१ की कला थापा र वर्ष १९ कि रुपा थापालाई ठक्कर दिँदा घाईते भई उपचारको लागि अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?