शिक्षकले छोटा लुगा भन्दै गाली गरेपछि विरोध स्वरुप ब्रा र पेन्टीमा (भिडियो सहित)

शिक्षकले छोटा लुगा भन्दै गाली गरेपछि विरोध स्वरुप ब्रा र पेन्टीमा (भिडियो सहित)

girls

छोटा लुगा लगाएर कलेज गएकी एक युवतीलाई प्रोफेसरले गाली गरेपछि उनले विरोध गर्दै उनले आफ्नो थेसिस प्रस्तुतिका क्रममा कपडा फुकालेर ब्रा र प्यान्टीमा उत्रिएकी थिइन् । त्यसपछि तिनको समर्थनमा अन्य दुई दर्जन छात्राहरुले पनि आफ्ना लुगा फुकालेका थिए । याे घटना अमेरिकाको प्रख्यात र प्रतिष्ठित विश्वविद्यालयमा गनिने कर्नेल विश्वविद्यालयमा भएकाे हाे।

मिडियामा प्रकाशित समाचार अनुसार, केही महिना अगाडि लेटिसिया चेई नाम गरेकी ती कोरियाली छात्रालाई प्रोफेसर रेबेका मगोरले छोटा लुगा लगाएकोमा हप्काएकी थिइन् ।

थेसिसको प्रस्तुतिको अभ्यासका बेला चेईले लगाएको देनिमको छोटो हाफ पाइन्टलाई इंगित गर्दै प्रोफेसर रेबेकाले- ‘तिमीलाई आफूले निकै छोटो लुगा लगाएको लाग्दैन र ?’ भनेर सोधेकी थिइन ।

लेटिसियाले उक्त प्रदर्शन शनिवार “दमनकारी मतहरू विरुद्ध’ उभिने भन्दै आफ्नो “सार्वजनिक स्थानमा अभिनय: दैनिक जीवनमा प्रदर्शन” विषयको कक्षामा गरेकी थिइन् ।

” मलाई प्रोफेसरले भनेको कुरा नै ‘यही हो तिमीले लगाउने लुगा?’ थियो । आफ्नो फेसबुक पोस्टमा उक्त घट्नाबारे स्पष्ट पार्दै लेटिसिया लेख्छिन्, “प्रोफेसर सिङ्गो कक्षाको अगाडि मातिर सर्नु भयो र भन्नु भयो कि मैले त्यहाँ उपस्थित पुरुषहरूको ध्यान मेरो प्रस्तुतिभन्दा पनि मेरो शरीरतिर तानिरहेकी छु ।”

अमेरिकी समाचारपत्र ‘द कर्नेल सन’सँगको कुराकानीका क्रममा उनले भनिन् म आत्तिए र के भन्ने भनेर बुझ्ने सकिनँ ।”

केही विद्यार्थीहरू तत्काल उनको पक्षमा उभिए र उनीहरूले शिक्षिकाको टिप्पिणी असान्दर्भिक रहेको कुरा गरेको र उनको भनाइले पुरुषहरूबारी उनको दृष्टिकोण प्देखाएको भनेका थिए । तर एक जना अन्तर्राष्ट्रिय विद्यार्थीले भने शिक्षिकाको पक्ष लिँदै चेईले केही परम्परागत पहिरन लगाउनु पर्ने भनेका थिए ।

“के मा तपाईँलाई नैतिक रूपमा चोट पुर्याउँछ?”चेईले आँखामा आँसु टिलपिलाउँदै कक्षा बाहिर हुत्तिनुअघि विद्यार्थीहरूलाई सोधेकी थिइन् ।

त्यसपछि प्रोफेसर उनको पछि लागेर आइन् र उनलाई सोधिन्,”तिम्रा यस्ता लुगा देखेर तिम्रो आमाले के सोच्नु होला?” चेईले लेखेकी छिन् । त्यसको उत्तरमा चेईले उनकी आमा नारीवादी र लैङ्गिक अध्ययन विषयकी प्राध्यापक रहेको बताएकी थिइन् ।

उक्त घट्ना पछि चेईले फेसबुकमार्फत सबै विद्यार्थीहरूलाई शनिवारको थेसिस प्रस्तुतिका दिन अरुलाई मनपर्ने लुगा लाउन बाध्य पारिएकाहरूप्रति एक्यबद्धता जनाउन आफूलाई मनपर्ने अन्डरवेयर पहिरेर आउन आग्रह गरेकी थिइन् । उनको प्रस्तुतिलाई फेसबुकमा लाइभ गरिएको थियो र उक्त समय कोरियाबाट उनका माता-पिताले पनि यो हेरिरहेका थिए । चेईको फेसबुक लाइभको भिडियो युट्युबमा समेत राखिएको छ :

भिडियोमा चेई आँखामा आँसु थाम्दै आफू अरूको चाहना अनुरुप देखिन बाध्य पारिएकाहरूको पक्षमा रहेको बताइरहेकी छिन् र त्यसपछि उनी एक-एक गरेर कपडा फुकाल्न थाल्छिन् । क्प्थामा रहेका ४४ मध्ये २८ जनाले उनलाई समर्थन गरेका थिए । उनकी प्रोफेसरले ‘द सन’संगको संक्षिप्त कुराकानीमा आफूले कुनै पनि विद्यार्थीलाई कस्तो लुगा लगाउने भनेर भन्ने नगरेको बताइन् । उनले भनेकी छिन् तर “मैले आफैँ विचार गर्न र फैसला गर्न” भने भन्ने गरेको बताइन् ।

चेईले फेसबुकमा यो कुरा पोस्ट गरेपछि त्यहाँ उपस्थित १३ मध्ये ११ विद्यार्थीले एउटा बयान जारी गर्दै आफूहरूले चेईको विरोध प्रदर्शनलाई समर्थन गर्ने तर उनको तरिकाको समर्थन भने नगर्ने बताएका छन् । उनीहरूलाई प्रोफेसरको तर्फबाट ‘शाब्दिक त्रुटी’ मात्र भएको र उनले वास्तवमा सार्वजनिक स्थानमा बोल्दा पालन गर्नु पर्ने पेशागत मर्यादाहरू बारे इंगित गर्न खोजेको बताएका छन् ।

उनीहरू भन्छन् प्रोफेसर मगोर कर्नेल विश्वविद्यालयलाई वरदान हुन्, चेईको पोस्टमा महिला र अल्पसंख्यक समुदायको निरन्तर वकालत गरिरहने उनको विगतको समीक्षा नै नगरी आक्रोश पोखिएको छ जबकि उनले एकभन्दा बढी पटक क्षमा पनि मागिसकेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ