धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।
जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला फेल भएर गम्भीर बिरामी भएका साहको जनकपुरमा उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि बसमा चढाएर काठमाडौं लैजाँदै थियो ।
थाक्रे गाउँपालिका–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठक्कर खाएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववेशी बजारनजिकै हुलाकडाँडामा जाममा फसेको थियो । जाममै रहेका बेला बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात गम्भीर बनेपछि चालक र यात्रुहरुले एम्बुलेन्स खोज्दा खोज्दै बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले बताए ।
बसको सिटमै मृत्यु भएपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेववेशी आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’