पर्यटकीय स्थलको प्रवर्द्धनका लागि तनहुँका युवाले गरे व्यास क्षेत्रमा बृहत सरसफाई

पर्यटकीय स्थलको प्रवर्द्धनका लागि तनहुँका युवाले गरे व्यास क्षेत्रमा बृहत सरसफाई

IMG_0282

तनहुँ । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उद्देश्य सहित “नेपाल भ्रमण वर्ष २०२०” अभियान सुरुवात गरेको छ । सोहि नेपाल भ्रमण वर्षलाई सहयोग गर्न व्यास क्षेत्रमा शुक्रबार विश्व पर्यटन दिवसको सन्दर्भमा बृहत सरसफाई गरिएको छ ।

शुक्रबार बिहान व्यास-३ स्थित वेदव्यासको जन्मथलो, पन्चमन्दिर र व्यास गुफा वरपर सरसफाई गरिएको नेपाल युवा परिषद तनहुँ शाखाका अध्यक्ष किरण श्रेष्ठले जनाकारी दिए । उक्त सरसफाई कार्यक्रममा १ सय ५० भन्दा बढीको सहभागिता रहेको उनले बताए ।

नेपाल युवा परिषद तनहुँ शाखाका अध्यक्ष किरण श्रेष्ठको सभापतित्वमा सम्पन कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कलिला खान थिइन् । सो अवसरमा प्रमुख अतिथि खानले सरसफाई मानिसको जिवन जत्तिकै महत्त्वपूर्ण काम हो ।

‘सरसफाई गरे आयु बढछ नगरे घट्छ’ प्रमुख अतिथि खानले भनिन ‘ सरसफाई वाताबरण शुद्ध पार्ने काम पनि हो ।’ ‘सरसफाई सभ्यताको परिचय पनि हो’ उनले भनिन ‘कुन मानिस, कुन समाज कति सुसंस्कृत छ भनेर जानकारी लिने मापदण्ड पनि हो ।’ सरसफाई भएन भने सबैभन्दा पहिले बालबालिका र वृद्धहरु लाई प्रभाव पर्ने खानले बताइन । ‘सरसफाई नगर्ने व्यक्ति पशुतुल्य हुन्छ ।’ उनले भनिन ‘पशुले कहिल्यै सरसफाई गर्दैन, फोहोर मात्रै गर्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल र प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डित बोलेका थिए । कार्यक्रमको स्वागत परिषद तनहुँका महासचिव विवेक भट्टराईले गरेका थिए भने कार्यक्रमको संचालन सागर घिमिरेले गरेका थिए ।

उक्त कार्यक्रमको टि-सर्टको लागि निल कुमारी मियाँ फाउण्डेसन, चन्दन कलर हाउस, डि एण्ड डि सप्लायर्स, न्यु स्वागत ब्युटि पार्लर, तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले आर्थिक साह्योग गरेको नेपाल युवा परिषद तनहुँका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

डिभिजन बन कार्यालय तनहुँ र समाधान अस्पताल प्रालिले कार्यक्रममा डस्टबिन सहयोग गरेको थियो । व्यास नगरपालिकाले सरसफाईको लागि कुचो, माक्स तथा पन्जा र फोहोर उठाउने गाडि सहयोग गरेको थियो ।

शुक्रबार तनहुँसंगै देशभर सरसफाई कार्यक्रम भएको थियो । तनहुँमा नेपाल युवा परिषद तनहुँ शाखाको नेतृत्वमा उक्त सरसफाई कार्यक्रम भएको हो । नेपाल युवा परिषदले पर्यटन प्रवद्र्धन गर्नुका साथै त्यस्ता ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित विश्व पर्यटन दिवसको दिन अर्थात् सेप्टेम्बर २७ (असोज १० गते) का दिन बृहत सरसफाई कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा व्यास नगरपालिका, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला समन्वय समिति तनहुँ, व्यास क्षेत्र शिवपान्चायन विकास कोष, डिभिजन बन कार्यालय तनहुँ, समाधान अस्पताल प्रालि, व्यास नगरपालिका वडा नं ३, टिम नेपो तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ, तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार एकाई, रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट क्लब अफ दमौली, इनरव्हिल क्लब अफ दमौली, जेसिआई व्यासनगर, लायन्स क्लब अफ तनहुँ, लायन्स क्लब अफ तनहुँ भानुभक्त, लायन्स क्लब अफ तनहुँ व्याससिटि, लायन्स क्लब अफ तनहुँ सत्यवती, लायन्स क्लब अफ तनहुँ दमौली, लियो क्लब अफ तनहुँ, लियो क्लब अफ तनहुँ सत्यवती, लियो क्लब अफ तनहुँ निर्मल अल्फा, तनहुँ इभेन्ट म्यानेजमेन्ट, व्यास युवा परिषद, आदिकवि भानुभक्त क्याम्पस, राइजिङ स्टार डान्स स्कुल, डाँफे मल्टिमिडिया, गरिबी विरुद्ध महिला सशक्तिकरण नेपाल, उज्यालो घर र डाईभरसिटि फुटबल क्लब लागाएतको सहकार्य रहेको थियो ।

उक्त कार्यक्रम सरसफाई कार्यक्रम मात्र नभई नेपालका ओझेलमा रहेका पर्यटकीय स्थलहरु प्रवर्धन गर्ने एउटा उत्तम अवसर सावित भएको नेपाल युवा परिषदले जनाएको छ । उक्त कार्यक्रमको लागि राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागिता जनाएका सहभागिहरुले स्थानीय तहमा नेतृत्व लिएका थिए ।

नेपाल युवा परिषद एक बिशुद्ध सामाजिक संस्था हो । जसले विगत ८ बर्षदेखि युवाको नेतृत्व बिकास, युवा उद्यमशिलता, व्यक्तित्व बिकास, युवाका लागि वाताबरण, दिगो बिकास लक्ष्य प्राप्तीमा युवा र सुचना प्रबिधि क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाउँदै कार्य गर्दै आईरहेको छ ।

कुल जनसंख्याको करिव ४०.३५ प्रतिशत हिस्सा ओगटेको युवा जनसंख्याले चाल्ने सकारात्मक परिवर्तनले समाजलाई सकारात्मक बाटोमा तर्फ अग्रसर गराउने छ । त्यसकारणले “युवा परिवर्तनका संवाहक हुन्” भन्ने मुख्य उदेश्यका साथ आमुल परिवर्तनको लागि नेपाल युवा परिषदले ७ वटै प्रदेश र ७७ वटै जिल्लाका युवाहरुको साथमा काम गर्दै आईरहेको छ ।

गत अगष्टमा नेपाल युवा परिषदले सातौँ “राष्ट्रिय युवा सम्मेलन २०१९” भव्यताका साथ सम्पन्न गर्न सफल भएको थियो जहाँ ७७ वटै जिल्लाका १५४ स्थानिय तहका युवाहरुको सहभागिता रहेको थियो र ५० जना बिभिन्न समुदायका प्रतिनिधित्व गर्ने युवाहरु गरी २०४ जना युवाहरुको व्यापक सहभागिता रहेको थियो । उक्त सम्मेलनमा बिश्व पर्यटन दिवस २०१९ को दिन अर्थात् सेप्टेम्बर २७ को दिनमा ७७ वटै जिल्लामा एकैपटक पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित एक पर्यटकीय स्थलको बृहत सरसफाई कार्यक्रम आयोजना गर्ने भनी घोषणा गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds