काठमाडौं । भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।भारत सरकारको निर्णयको प्रत्यक्ष असर नेपालको बजारमा पर्ने देखिएको छ ।
निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारका प्रवक्ता सितांशु केरले सञ्चार माध्यमहरुसँग बताएका छन् । केरका अनुसार आइतबारबाट लागू हुने गरी सबै प्रकारका प्याजको निर्यात रोकिएको छ ।
भारतीय सञ्चार माध्यामहरुकाअनुसार दिल्ली तथा मुम्बई जस्ता शहरमा प्याजको औसत मूल्य ७० देखि ८० रुपैयाँ भारु पुगेको छ । भारतमा प्याजको होलसेल मूल्य प्रति क्वीन्टल ४ हजार भारुबाट पछिल्लो एक महिनामै एक हजार रुपैयाँले बढेको थियो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपाली बजार पनि प्रभावित हुने भएको छ । भारतमा मूल्य बढेसंगै पछिल्लो समय प्याजको मूल्य बढ्दो क्रममा छ । आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।
नेपालले चालू आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार २७८ किलो प्याजका विभिन्न आइटम तथा १ लाख ६३ हजार १३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने