पोखरा । बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यबासिनी मन्दिरमा नबदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षणसंगै धार्मिक पर्यटन प्रंबद्र्धनको लागि विध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सबको आयोजना गरेको हो । घटस्थापनाको अबसरमा शोभायात्रा निकालिएको छ ।
विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पोखराको बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो । शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी, एक सय आठ कलश, विन्ध्याबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । शोभायात्रापछि घटस्थापनाको शुभसाईतमा जमरा राखिएको छ ।

आजदेखी नबदुर्गा महोत्सब अन्तर्गत महानवमीको दिनसम्म दैनिक नवदुर्गा कथा बाचन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सब अबधिभर करिब एक लाख दर्शनार्थी मन्दिरमा दर्शनका लागि आउने उनले बताए ।
करिब ३ सय बर्षको ईतिहास बोकेको विन्ध्यवासिनी मन्दिरमा कास्कीसंगै आसपासका जिल्लाहरु तनँहु, लम्जुङ, स्याङ्जा, पर्बत जिल्लाका आन्तरिक र विदेशी पर्यटकहरु दर्शनार्थीहरुका रुपमा आउने गरेका छन् ।



सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’