पोखरा । बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यबासिनी मन्दिरमा नबदुर्गा महोत्सब सुरु भएको छ । संस्कृतिको संरक्षणसंगै धार्मिक पर्यटन प्रंबद्र्धनको लागि विध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सबको आयोजना गरेको हो । घटस्थापनाको अबसरमा शोभायात्रा निकालिएको छ ।
विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा पोखराको बगर, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो । शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी, एक सय आठ कलश, विन्ध्याबासिनी मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । शोभायात्रापछि घटस्थापनाको शुभसाईतमा जमरा राखिएको छ ।

आजदेखी नबदुर्गा महोत्सब अन्तर्गत महानवमीको दिनसम्म दैनिक नवदुर्गा कथा बाचन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सब अबधिभर करिब एक लाख दर्शनार्थी मन्दिरमा दर्शनका लागि आउने उनले बताए ।
करिब ३ सय बर्षको ईतिहास बोकेको विन्ध्यवासिनी मन्दिरमा कास्कीसंगै आसपासका जिल्लाहरु तनँहु, लम्जुङ, स्याङ्जा, पर्बत जिल्लाका आन्तरिक र विदेशी पर्यटकहरु दर्शनार्थीहरुका रुपमा आउने गरेका छन् ।



सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो