काठमाडौं – स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोलाबाट छनौट हुन पर्ने भएको छ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले एक हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो ।
यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने जनाउको छ ।
जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जनाएको छ । त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु