पोखरा। नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिले विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा गण्डकी प्रदेश स्तरिय रेडियोलोजी भेला सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले रेडियोग्राफी पेशाकर्मीहरु आफ्नो हकहितका लागि एकताबद्ध एवं सक्रिय भएर लाग्नुपर्ने बताउदै अहिले चलिरहेको सरकारी अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्भे (ओ एण्ड एम सर्भे) मा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको दरबन्दी बढाउन सबैले आ(आफ्नो ठाउँबाट पहल गर्न सुझाब दिएका थिए।
कार्यक्रमको अध्यक्षता समेत गरेका सोसाइटीका प्रदेश सभापति उदयकान्त तिवारीले कार्यक्रममा उपस्थित अतिथि एवं सहभागीहरुलाई शुभकामना एवं धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा रेडियोग्राफि स्वास्थ्यकर्मीहरुको हकहितका लागि सोसाइटीले प्रभावकारी कदम चाल्ने र त्यसमा सम्बन्धित सबैको साथ र सहयोग आवश्यक रहने बताएका थिए। कार्यक्रममा सोसाइटीका केन्द्रिय कोषाध्यक्ष डा।श्याम पराजुलीको विशेष आतिथ्यता एवं सोसाइटी प्रदेश समितिका विशेष सहयोगी जगन्नाथ गौतमको आतिथ्यता रहेको थियो।
प्रदेश समितिका सचिव विमल क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश समिती सदस्य कृष्ण के।सीले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रिय कोषाध्यक्ष डा।श्याम पराजुलीले केन्द्रीय कार्यसमितिले गरेका काम र लिएका पहलकदमीहरुको बारेमा प्रकाश पारेका थिए।
सोही अवसरमा सोसाइटीको गण्डकी प्रदेश स्तरीय भेला एवं छ्लफल कार्यक्रम पनि सम्पन्न भएको छ। ुहक, अधिकार र सुरक्षाका लागि पेशागत एकतास गुणस्तरिय एवं सुरक्षित रेडियोलोजी सेवास् हाम्रो प्रतिवद्धताु भन्ने मुल नारामा केन्द्रित सो भेलाले पेशागत शुद्धिकरणका लागि विभिन्न चरणका दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सोसाइटीका प्रदेश सचीव विमल क्षेत्रीले जानकारी दिएका छ्न् । सो कार्यक्रममा पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरु एवं जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन