पोखरा । पोखरा महानगरपालिका-२२ पुम्दी-भुम्दीका स्थानीय युवाहरुले निषेधित क्षेत्रमा फोहोर फाल्ने दुई जनालाई रंगेहात पक्राउ गरेका छन् । पोखरा-१७ बिरौटाबाट बोलेरो गाडीमा घर बनाइ सकेपछि प्रयोगमा नआएका सामाग्री लिएर उनीहरु दुवै जना आइतबार साँझ भ्यूपोइन्ट पुगेका थिए ।
स्थानीय सुवास सुवेदीले देखेपछि भ्यूपोइन्ट युवा क्लबको सक्रियतामा उनीहरुलाई पक्राउ गरिएको हो । ग २ च ८१४५ नम्बरको बोलेरोमा गएका उनीहरुलाई पक्राउ गरिएको क्लबका अध्यक्ष सुन्दर बराल ‘धड्कन’ ले जानकारी दिए ।
पक्राउ परेकाको आग्रह अनुसार नाम खुलाइएको छैन् । पक्राउ परेकालाई पाँच हजार जरिवानासहित आगामी दिनमा फेरि सोही क्रियाकलाप दोहोरिए कडा कार्बाही गर्ने चेतावनी दिएर छाडिएको क्लबका सचिब कुशल बरालले बताए । यसअघि पनि क्लबले ५ पटकसम्म जथाभावी फोहोर फाल्नेलाई पक्राउ गरेको थियो । क्लबका अध्यक्ष बरालले बाहिरबाट फोहोर फाल्न आउने गरेको थाहा पाएपछि आफूहरुले निरन्तर निगरानी राखिरहेको बताए ।
उनका अनुसार बाहिरबाट फोहोर फाल्न पोखराको महेन्द्रपुलदेखि व्यवसायी पुग्ने गरेका छन् । ‘फोहोर फाल्न बाहिरबाट आउने गरेको थाहा पाएपछि हामीले निरन्तर निगरानी गरिरहेका छौं,’ उनले भने, ‘विभिन्न व्यवसायीहरुले गाडीभरी फोहोर फाल्न पठाउने गरेको पाइन्छ ।’
क्लबको सक्रियतामा पुम्दी-भुम्दीअन्तर्गत खाडेखोला, तिलार, ठुलिबिडि, भ्यूपोइन्ट, अर्चलबोट, कालीमाटीबाट जथाभावी छोडिएका छाडा चौपायालाई महनगरसँग सहकार्य गरेर महानगरको पशुघरमा छाडिएको थियो ।
यस्तै क्लबले राजमार्ग छेउछाउमा अवैधानिक ढङ्गले राखिएका होडिङ बोर्डहरु हटाउनुका साथै राजमार्ग आसपासमा पटकपटक सरसफाइ कार्यक्रम पनि गरिसकेको सचिब बरालले जानकारी दिए ।
BY ANUP POUDEL/www.bigkhabar.com
http://gandaknews.com/view-point-club/
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन