तनहुँ । व्यास नगरपालिका वडा नं. १० ले आफ्नो वडामा रहेका पसलहरुको सोमबार अनुगमन गरेको छ ।
व्यास नगरपालिका वडा नं.१० का वडाअध्यक्ष तुलसिराम सापकोटाको अध्यक्षतामा वडा स्तरीय अनुगमन टोलीको नेतृत्वमा व्यास नगरपालिका वडा नं. १० को दुम्सीचौर,सेवर लगायतका क्षेत्रका बजारहरुमा अनुगमन गरिएको हो ।
वडामा रहेको बजारलाई ब्यवस्थित बनाउन अनुगमन थालिएको वडा अध्यक्ष सापकोटाले बताए । अनुगमनका क्रममा सो क्षेत्रमा बिना दर्ता पसल संचालन गरेको,मुल्य सुची नराखेको पाइएको वडा सचिव पुष्पराज आचार्यले बताए ।
अनुगमन टोली नियम विपरीत काम गर्नेहरुलाई पहिलो चरणमा ब्यवसाय सुधारका लागि निर्देशन दिएको समेत आचार्यले बताए । अनुगमन टोलीले सो क्षेत्रका करिब एक दर्जन पसलमा अनुगमन गरेको थियो ।
गत बिहीबार बसेको बैठकले वडामा रहेको बजारको अनुगमन गर्ने निर्णय गरेको थियो ।
ब्यास नगरपालिका वडा नं. १० ले वडा स्तरीय अनुगमन टोलीमा वडा अध्यक्ष सापकोटा सहित सदस्यहरुमा वडा सदस्य लक्ष्मि परियार, पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेल, तनहुँ जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष यज्ञ शर्मा ,उपभोक्ता मञ्चको तर्फबाट ऋषिराम ढुङ्गाना,शान्ति नगर टोलका अध्यक्ष प्रेम मिश्र लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्