Gandak News
Our News Your Views
Lets

चीनको निगरानी गर्न भन्दै भारतीय सेना नेपाली भूमिमा

Loading...

 चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो ।भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको हो ।

तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं । भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं,’ दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने,‘हामीले फोटो खिच्यौं र उनीहरुलाई रोक्न भन्यौं । तर उनीहरु नसुनेझै गरेर गए ।’

साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो । क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए । छ्यालेकमा नेपालको प्रहरी चौकी छ । चौकीमा २३ प्रहरी छन् ।

यो समाचार अन्नपूर्ण पोस्ट्मा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको