Gandak News
Our News Your Views
Lets

संयुक्त अरब इमिरेट्सको दुबईमा माइक्रोबस ठोक्किँदा ६ नेपालीसहित ८ को मृत्यु

Loading...

 पोखरा  । संयुक्त अरब इमिरेट्सको दुबईमा माइक्रोबस सडकमा रोकिराखेको लरीमा ठोक्किँदा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । १४ यात्रु बोकेर शारजाँह तर्फ जाँदै गरेको माइक्रोबस सेख मोहम्मद विन जाएद सडक ई ३११ अन्तर्गतको मिर्डिफ सिटी सेन्टर अगाडि दुर्घटनाग्रस्त भएको थियो । सोमबार बिहान ४:५४ बजे भएको घटनामा ६ नेपालीसहित एक भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै घाइते हुनेमा पाँच भारतीय र एक बङ्गलादेशी रहेको पनि जनाइएको छ । गम्भीर घाइते ४ र सामान्य घाइते भएका २ जनाको राशिद अस्पतालमा उपचार भइरहेको दुबई ट्राफिक प्रहरीका निर्देशक ब्रिगेडियर सेफ मुहर अल माज्रोईले जानकारी दिएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि दुबई प्रहरीले बताएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको