काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो ।
कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए ।
कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक बिदाका दिन भेटी बैंकमा दाखिला हुन सक्दैन थियो । कोषका तर्फबाट कोषाध्यक्ष डा मिलनकुमार थापा, लेखा एवं संस्कृति शाखा प्रमुख प्रेमहरि ढुङ्गाना र प्रशासकीय अधिकृत गौरीशुङ्कर पराजुली तथा बैंकका तर्फबाट बत्तीसपुतली शाखा प्रबन्धक टीना श्रेष्ठ र जनसम्पर्क अधिकृत श्रुति राणाले गणनाको अनुगमन गर्नुहुने जानकारी सो अवसरमा दिइएको थियो ।
दैनिक भेटीघाटी गणना गरी बैंक दाखिला गर्ने क्रममा कोषको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मुचुल्का उठाउनेछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु