तनहुँ । रोटरी क्लब अफा दमौली र रोटरी क्लब अफ पोखरा अन्नपुर्णद्वारा विद्यालयमा पंखा देखि शैक्षिक सामाग्री सम्म सहयोग गरेको छ ।
आइतबार क्लबले तनहुँको म्याग्दे गाउँपालिका वडा नं स्थित अकला आधारभूत विद्यालयमा संयुक्त रुपमा सहयोग गरेको हो ।

ह्याप्पी स्कुल कार्यक्रम अन्तर्गत क्लबले करिब १ लाख ५० हजार रकम बराबरको विभिन्न सामाग्रीहरु सहयोग गरेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुर्ज कुमार मल्लले बताए ।
क्लबले विद्यालयलाई फलामे पिङ २ थान, पंखा १० थान, प्लाईउड ९ पत्ता, ७५ थान स्कुल ब्याग, रंग, स्टेसनरी र स्कुल ड्रेस १० हजार बढीको, कार्पेट २० मिटर, बिजुलीको समानहरु, कुर्ची ६ थान र बोर्ड तथा खेलकुदका सामाग्रीहरु दिएको क्लबका अध्यक्ष मल्लले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९३ नेपाल भुटान अन्तर्गत जोन १३ का एजी तेजनाथ न्यौपाने रहेका थिए । कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफा दमौलीका अध्यक्ष सुर्ज कुमार मल्ल र रोटरी क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि दिल्ली प्रसाद शर्मा, क्लबका पुर्वअध्यक्ष महेन्द्र न्यौपाने, देवराज अधिकारि, तारा मल्ल,बलराम वाग्ले, योगीता श्रेष्ठ, रामलाल श्रेष्ठ, जीवन श्रेष्ठ र रोटरी क्लब अफ पोखरा अन्नपुर्णबाट १० जनाको उपस्थिति रहेको थिए ।
विद्यालयका प्रअ नवराज आचार्यले स्वागत र भानु भण्डारीले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरि १ सय ५० बढीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्