मिस क्विन तनहुँका प्रतियोगिले देखाए ट्यालेन्ट, फाइनलमा मेलिना राई आउने

मिस क्विन तनहुँका प्रतियोगिले देखाए ट्यालेन्ट, फाइनलमा मेलिना राई आउने

IMG_20191002_173142

तनहुँ । ‘मिस क्विन तनहुँ २०१९’का १५ प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् । पहाडकी रानी बन्दिपुर बजारमा सोमबार आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले नृत्य र भाषणकला लगायत आफूमा रहेको विभिन्न प्रतिभा देखाएका हुन् ।

मिस क्विन २०१८ सोर्णिमा गुरुङ, राइजिङ स्टार डान्स स्कुलका किरण थापा र मिस क्विन लमजुङ २०१८ मोनिका तमु निर्णायक रहेको ट्यालेन्ट राउण्डका उत्कृष्ट एक प्रतिभाले ‘मिस ट्यालेन्ट’ उपाधि समेत जित्न सक्नेछन् ।

तनहुँ इभेन्ट म्यानेजमेन्ट आयोजक रहेको प्रतियोगितामा १५ जना प्रतियोगीहरु छन् ।

उक्त ट्यालेन्ट राउन्डको प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ रहेकी थिइन । त्यस्तै अतिथि व्यास-५ का वडा अध्यक्ष एवं प्रवक्ता मोहन कुमार श्रेष्ठ रहेको थिए ।

प्रतियोगिताका क्रममा प्रतियोगिहरु लाई निखार्दै उनीहरूलाई प्रतिस्पर्धाका लागी तयार गर्ने तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले जानकारी दिइन् ।

प्रतियोगीताको फाइनल आगामी असोज २८ गते दमौलीमा हुनेछ । फाइनलमा चर्चित गायिका मेलिना राई आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ