बुटवलबाट पोखरा ल्याउँदै गरेको ड्रग्स सहित स्याङ्जामा ३ युवा पक्राउ

बुटवलबाट पोखरा ल्याउँदै गरेको ड्रग्स सहित स्याङ्जामा ३ युवा पक्राउ

drugsss

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका-१३ गाहाँखोला स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू तथा अन्य स्थानहरूमा समेत चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंम्बरको हाईसमा सवार म्याग्दीको बेनी नगरपालिका-२ बस्ने वर्ष ३२को श्रीराम कार्कीले बोकेको झोलाबाट नोफिन-७५ पिस, डाईजेपाम-७५ पिस, फेनरागन-७५ पिस, नाईट्राजेपाम ४३ पिस लागूऔषध सहित आज पक्राउ परेका छन् ।

साथै, गल्याङ नगरपालिका-१३ गाहाँखोला झाडिमा शंकास्पद अवस्थामा बसेका भिरकोट नगरपालिका(१ बस्ने वर्ष २१ को भरत गुरूङ र वर्ष २०को सहितविन मियाको साथबाट प्रयोग नभएको सिरिन्ज-५ सेट, फेनरागन –२३ पिस, डाईजेपाम-२४ पिस, नोफिन -२२ पिस सहित दुवै जनालाई नियन्त्रणमा लिईथप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कास्की: जुवाताससहित मानिस पक्राउ

आज पोखरा महानगरपालिका-३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका -३१ लामास्वाँरा बस्ने वर्ष २६ को सुमन रानामगर,वर्ष ३१ को बिकाश नेपाली, वर्ष २४ को संगम रानामगररवर्ष ४६ को कोहरी थापामगर लाई नगद रु. ४१,५३५र ४ बुक तास सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ