तनहुँको दमौलीमा खुल्ला दशै कन्सर्ट आज साझ, टिकट नलाग्ने

तनहुँको दमौलीमा खुल्ला दशै कन्सर्ट आज साझ, टिकट नलाग्ने

Dashain Open Concert

तनहुँ । तनहुँको दमौलीमा शुक्रबार साझ खुल्ला दशै कन्सर्ट हुने भएको छ ।

व्यास सांगितिक समुहको आयोजनामा आज असोज १७ गते शुक्रबार साझ लोकल कन्सर्ट हुने भएको छ ।

कन्सर्टमा दमौलीका ६ वटा ब्याण्डले आफ्नो प्रस्तुति देखाउने व्यास सांगीतिक समुहका अध्यक्ष मोहन आलेले बताए ।

बिजया दशमिको अवसरमा हुन लागेको उक्त कन्सर्टमा दमौलीका ओभर दोज, ब्ल्याक स्टोक, स्याडोज अन हाइ, द सिलभर बृज, निस्पक्ष र डिजे केसिका लगायत अरु स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका सुमन श्रेष्ठले बताए ।

कन्सर्ट दमौलीको अनसन चौतारीको खुल्ला मैदानमा शुक्रबार साझ ५ बजेबाट हुने कार्यक्रम आयोजक व्यास संगीतिक समुहका अध्यक्ष मोहन राज आलेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds