गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
जताततै दशैंको माहोलले छोपिसकेको छ । दशैंको यो मौसमको कुरा गर्ने तर यसलाई छुने संगीतको कुरा नगर्ने हो भने यो अपूरो हुन्छ । अहिले बजारमा पनि दशैं आएपछि आउने गीतहरुको संख्या निकै हुन्छ । तर, कतिपय गीतले स्थायीत्व पाउन सक्दैनन् । तर, केही यस्ता गीतहरु पनि छन् जसलाई दशैंको पर्यायका रुपमा लिन सकिन्छ । यी गीतहरु सुन्दा दशैंको मीठास अझ बढ्ने विश्वास गरिन्छ । केही यस्ता गीतहरु जो दशैंमा सबैका लागि महत्वपूर्ण मानिन्छन् ।
दशैँ आयो
दशैंको बेला यो गीत नबजेको सायदै होला । चलचित्र मुग्लानको यो गीत उदित नारायण तथा दिपा नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको बेलामा देखिने प्राकृतीक दृष्य तथा परदेशिएका आफन्त घर फर्कदाको खुसीलाई वर्णन गरीएको छ ।
फुलपाती भाकेर
चलचित्र भरोसाको यो गीत उदित नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको रितिरिवाज बर्णन गरिएको छ । यो गीत कहिल्यै पुरानो नहुने दशैं गीत मध्ये एक हो ।
https://youtu.be/Bvqb35N1LXE
दशैं तिहार
सुगम पोख्रेलले स्वर दिएको यो गीतले हाम्रा ठूला चाड दशैं र तिहारलाई वर्णन गर्छन् । यो खुसियाली यसमा वर्णन गरिएको हुन्छ ।
बर्षमा दिनको यो वडा दशैं
पुरानो गीतको तयमा नयाँ शव्द मिसाएर तयार गरीएको यो गीतमा राष्ट्र सेवक प्रहरीले दशैंमा छुट्टि नपाउँदाको पीडाको वर्णन गरिएको छ । साथै यो गीतमा राष्ट्र सेवक प्रहरीका लागि घर परिवार भन्दा देश र जनता ठूलो हुन्छ भन्ने सन्देश पनि दिइएको छ । यो गीतमा दीपक कोइरालाले स्वर दिएका छन् ।
दशैंनै होकी यो मेरो दशा
योगेशश्वर अमात्यको स्वरमा रहेको यो गीतले निम्न वर्गीय परिवारको पीडालाई वर्णन गरेको छ । यो गीतले आम नेपालीको मन जित्न सफल भएको छ ।
यसपाली दशैंमा ठूलो दाइ आउने रे
कुल पोखरेलले गाएको यो गीत पनि निकै चर्चामा हुन्छ, दशैंको सिजन सुरु भएपछि । २०६० सालतिर आएको यो गीतले नेपाली परिवारलाई बाहिर काम गर्न गएका आफन्तहरुको सम्झना दिलाउँछ ।
नमुछे आमा दहीमा टिका
कृष्णभक्त राई तथा लक्ष्मी न्यौपानेको स्वरमा रहेको यो गीत सुनेर प्राय सबैको आँखा रसाउँछ । यो गीतले परदेशिएको छोरो गुमाउदाको पिडाको वर्णन गरेको छ । यो गीतले घरबाट टाढा हुनेहरुलाई अझ बढी रुवाउँछ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’