काठमाडौं । यौन दुराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले शुक्रबार महराविरुद्ध उजुरी दर्ता गराएको प्रहरी श्रोतले जानकारी दिएको छ । आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्।
‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो ‘घटना भएको ६ दिनपछि लिखित उजुरी दर्ता भयो, अब औपचारिक रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ’
असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्।सुरुमा यौन दुर्व्यवहार भएको आरोप लगाएकी महिलाले त्यसपछि भने बोली फेरेर आफूमाथि महराबाट कुनै दुर्व्यवहार नभएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसको केही समयमै पीडित महिलासँग उनका श्रीमानले सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया अगाडि बढाएको फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको बताए पनि जाहेरी नपरेको भन्दै थप अनुसन्धानका लागि प्रहरी अलमलमा परेको थियो । तर घटनाको छैठौँ दिनमा पीडित महिलाले लिखित उजुरी दर्ता गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई सजिलो भएको छ ।
भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो। प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।
‘शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको छ’, स्रोतले भन्यो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।
जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ। त्रिवि शिक्षण अस्पतालमा हिजो नै रोशनीको स्वास्थ्य परीक्षण गरिएको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण