शान्ति प्रक्रियापछि निरन्तर सत्ता र शक्तिमा रहेका महरा अब ३ देखि ५ वर्षसम्म कैद !

शान्ति प्रक्रियापछि निरन्तर सत्ता र शक्तिमा रहेका महरा अब ३ देखि ५ वर्षसम्म कैद !

mahara kaid

काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ। जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ।

यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ।आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी छन्।

प्रहरीले भोलि अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको छ। प्रहरीले पक्रेपछि उनीमाथि अनुसन्धान गर्छ। त्यसपश्चात अदालतमा उपस्थित गराउने छ। अभियोग प्रमाणित भए कानुनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुनेछ।

प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ ।महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ