तनहुँ कालिका मन्दिरमा यसरि भित्र्याइयो फूलपाती (फोटो फिचर)

तनहुँ कालिका मन्दिरमा यसरि भित्र्याइयो फूलपाती (फोटो फिचर)

72473673_2554811317914022_2383693741039812608_n

तनहुँ । तनहुँको दमौलीमा श्री कृष्ण दल गण चापाघाट, जिल्ला प्रहरी कार्यालय, व्यास नगरपालिका, कालिका शहिद शान्ति पार्क व्यवस्थापन समिति लगायतको संयुक्त सहभागितामा बाजागाजा सहित फूलपाती भित्र्याएको छ । व्यास-४ को तनहुँ कालिका मन्दिरमा हरेक वर्षफूलपाती भित्र्याउने गरिन्छ ।

बडादशै पर्वको आज सातौ दिन अर्थात सप्तमी । यस दिनलाई फूलपाती पनि भनिन्छ । दुर्गा पक्षअर्न्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघर तथा देवालयहरुमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

नेपाली सेना र प्रहरी कार्यालयबाट ल्याइएको फूलको डोली बाजागाजा सहित दमौली बजारको परिक्रमा गरिएको थियो । उक्त फूलको डोली सहित सहभागि भएका तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, कृष्ण दल गणका प्रमुख, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख लगायतले व्यास-३ को विपि वनवाटीकामा रहेको वेलको फेदमा विधिपूर्वक पूजा अर्चना गरेका थिए ।

वेलको पूजा अर्चाना पश्चात पुनः दमौली बजार हुँदै व्यास-४ को कालिका शहिद शान्ति पार्कमा रहेको तनहुँ कालिका मन्दिरमा लगि विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहदै आएको छ ।
केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्ष् अर्थात् सहायक मानिन्छ ।

फूलपाती भित्र्याएसंगै तनहुँमा दशैं पर्वको रौनकता थप बढेको छ । तनहुँ कालिका मन्दिर नेपाल सरकारले सुचिकृत गरेको १०० पर्यटकीय स्थलमा समेत परेको छ । मन्दिर निर्माण कार्य जारि रहेको निर्माण समितिले जनाएको छ ।


प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ