तनहुँको डुम्रे बजार नजिक मर्स्याङदी नदिमा पौडि खेल्ने क्रममा बाराका शाह बेपत्ता

तनहुँको डुम्रे बजार नजिक मर्स्याङदी नदिमा पौडि खेल्ने क्रममा बाराका शाह बेपत्ता

paudi

तनहुँ । तनहुँको डुम्रे बजार नजिक मर्स्याङदी नदिमा पौडि खेल्ने क्रममा एकजना युवक बेपत्ता भएका छ्न ।

मंगलबार ३:२० बजेको समयमा भानु न.पा -१ साल्बिस्ने तल्लो घाट स्थित मर्याङदी नदिमा पौडी खेल्ने क्रममा शाह बेपत्ता भएका हुन ।

बारा घर भई हाल भानु न.पा. -१ साल्बिस्नेमा कुल्ली काम गर्दै आएको वर्ष २० को चन्हन शाह पौडी खेल्ने क्रममा मस्याङदी नदिले बगाई बेपत्ता भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

शाह संग पौडी खेल्न गएको साथिहरु प्रहरी चौकिमा जानकारी गर्न साथ प्र.स.नि. राजकुमार रानाको कमाण्डमा ३ जना र ईप्रका भानुमुकाम डुम्रे बाट प्र.ना.नि. बिरेन्द्र कुमार खड्काको कमाण्डमा ६ जनाको टोली खटि घटना स्थलमा गएको प्रहरीले जनाएको छ ।

शाहको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

ट्रेन्डिङ