Gandak News
Our News Your Views
Lets

कार्गो विमानका कारण २ बजेदेखि ४ बजेसम्म त्रिभुवन विमानस्थल बन्द

Loading...

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ४ बजेसम्म बन्द भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका लागि आएको कार्गो विमानका कारण २ बजे देखि ४ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको हो।

विमानस्थल व्यवस्थापनले त्यस अवधिमा उडान र अवतरण दुबै नहुने जनाएको छ । स्रोतका अनुसार आगामी २५ गते हुने पिङको भ्रमणका लागि यहाँ रहँदा प्रयोग गर्ने कारसमेत ल्याएर आएको कार्गो विमानका लागि त्रिभूवन विमानस्थलको ह्याङगर (पार्किङ) साँघुरो भएपछि रनवेमै पार्किङ गर्नुपरेका कारण उठान तथा अवतरण ठप्प पारिएको हो।

चिनियाँ राष्ट्रपतिको विमान नअट्ने भएकै कारण उनको भ्रमण अवधीमा पनि विमानस्थल बन्द हुने बताइएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको