यो वर्षको दशैंको अन्तिम अर्थात आज कोजाग्रत पूर्णिमा हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको बडादसैं सोमबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरी समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ ।
यस दिन महालक्ष्मी ‘रातभर को जागेको छ’ भनेर मत्र्यलोक भ्रमण गर्ने र जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।
दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा यसैदिन विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादसैं समापन भएको सूचना दिने प्रचलन छ ।
तिहारअन्तर्गत महाक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजाआराधना गरिने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्छ । आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ । आजैबाट कात्तिक स्नान र आकाश दीपदान सुरु हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार