तनहुँको तुरतुरेबाट ठूलो रकम सहित १० जना जुवाडे प्रहरी नियन्त्रणमा

तनहुँको तुरतुरेबाट ठूलो रकम सहित १० जना जुवाडे प्रहरी नियन्त्रणमा

juwa

File Photo.

तनहुँ । तनहुँको तुरतुरेबाट ठुलो रकम सहित जुवाडे पक्राउ परेका छ्न । भानु नगरपालिका-३ तुरतुरेबाट १ लाख ५३ हजार रुपैयाँ सहित १० जना जुवाडे तनहुँ प्रहरीले पक्राउ गरेको छ । भानु-३ तुरतुरेका दिनेश बिष्टको घरबाट प्रहरीले उक्त जुवाडे टोलिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भानु नगरपालिका वडा नम्बर ३ का वर्ष ३४ का दिनेश बिष्ट, वर्ष ५० का राजन गुरुङ, वर्ष ३६ का प्रकाश सुनार, वर्ष २९ का श्रीराम आले, गोरखा पालुङटार नगरपालिका वडा नम्बर ५ का वर्ष ५० का कुमार भनिने चित्र बहादुर गुरुङ, सोही स्थानका वर्ष ३३ का प्रकाश परियार, पालुङटार नगरपालिका वडा-६ का वर्ष ३९ का श्रीभद्र गुरुङ, वर्ष ४१ का मनिराज गुरुङ, वर्ष ४८ का सन्त बहादुर नेपाली र पालुङटार नगरपालिका वडा नम्बर ४ का वर्ष ५३ का नबिन्द्र सिंखडा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको प्रहरी टोलिले उक्त जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ