पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प धमाधम निर्माण हुँदै

पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प धमाधम निर्माण हुँदै

bangijamp-2

पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ ।

कालीगण्डकीको खोंच पर्वतको कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगोमा जोडेर त्यसैमा बन्जीजम्प निर्माण भईरहेको छ । बन्जीजमको उचाई २ सय २८ मिटर हुनेछ । बन्जीजम्पका साथै स्काई साइक्लिङ र स्वीङ पनि निर्माण हुनेछ ।

नेपाली र विदेशीका करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । यसको निर्माणको जिम्मा प्यारामाउन्ट कन्स्ट्रक्सनले लिएको छ । द क्लिफ कम्पनीको नामबाट बन्जीजम्प संचालन हुनेछ । पर्वतमा नेपालकै अग्ला र लामा झोलुङ्गपुलहरुका नेपालमा चर्चित छ ।

२०७३ बैशाखमा निर्माण सुरु भएको बन्जी जम्पको हालसम्म करिब ८५ प्रतिशत निर्माण भएको कम्पनीले जनाएको छ । बन्जीजम्पको परिकल्पना र डिजाइन फ्रेञ्च युवती फ्लोरेन्सले गरेकी हुन् ।

तस्बिरः जितेस प्रधान

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds